कांग्रेसको प्रदेश १ को महाधिवेशन २४ घण्टालाई स्थगित

विराटनगर । केही स्थानहरूमा अधिवेशन चलिरहेका कारण नेपाली कांग्रेस प्रदेश १ को महाधिवेशन स्थगित भएको छ ।

विराटनगरमा बिहीबार उद्घाटन सत्र हुने कार्यक्रम थियो । केही स्थानमा अधिवेशन चलिरहेका कारण शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।

महािवधेशनको उद्घाटन सत्रलाई कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार बिहान विराटनगरमा उद्घाटन गर्नेछन् ।

सभापति शेरबहादुर देउवा र नेता सिटौलाको समूहले उद्धव थापालाई प्रदेश सभापति पदमा उम्मेदवार बनाउने भएका छन् ।

नेता रामचन्द्र पौडेल समूहले प्रदेश १ को सभापतिमा गुरूराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।

Published : Thursday, 2021 December 2, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया