युवा नेता ‘गुन्टु’द्वारा कांग्रेसको सदस्य पदमा उम्मेदवारी घोषणा

भैरहवा । नेपाली कांग्रेसका युवा नेता प्रचण्ड न्यौपाने ‘गुण्टु’ कांग्रेसको लुम्बिनी प्रदेशको सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

न्यौपानेले सदस्य पदमा आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् । उनले युवाहरूको लुम्बिनी कांग्रेसमा प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

युवाहरूको मागलाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको न्यौपानेले बताएका छन् ।

नेविसंघका पूर्वसह–महामन्त्री समेत रहेका न्यौपानेले विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा हातहालेका छन् ।

Published : Thursday, 2021 December 2, 3:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया