यसरी हुनेछ लुम्बिनी प्रदेश कांग्रेसको महाधिवेशन, गृहमन्त्री खाणले उद्घाटन गर्ने

भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महाधिवेशन बिहीबार रुपन्देहीको भैरहवामा हुने भएको छ ।

भैरहवामा रहेको महेन्द्र सभागृहमा मंसिर १६ गते बिहीबार दिउसो साढे १२ बजे उद्घाटन हुने कांग्रेसको लुम्बिनी प्रदेश सचिवालयका सदस्य चिरञ्जीवी जोशीले जानकारी दिए ।

मंसिर १६, १७ र १८ गते हुने कांग्रेसको महाधिवेशन हुनेछ । प्रदेशको संरचनानुसार कांग्रेसको प्रदेशको पहिलो अधिवेशन हुन लागेको छ ।

गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन गर्नेछन् ।

मंसिर १७ गते उम्मेदवारी दर्ता हुनेछु । १८ र १९ गते प्रदेशको अधिवेशन गरिनेछ ।

प्रदेश भरिका महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरि १५ सय ८५ जनाले मतदान गर्ने छन् ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूलाई खाने र बस्नका लागि व्यवस्थापन गरिएको छ ।

लुम्बिनी प्रदेश कांग्रेसको सभापतिमा भरतकुमार शाह र अमरसिंह पुनबीच प्रतिस्पर्धा हुनेछ । शाह सभापति शेरबहादुर देउवा निकटका हुन् । पुन नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।

Published : Wednesday, 2021 December 1, 2:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया