मनाङ र मुस्ताङको कांग्रेसपछि रसुवाले रच्यो इतिहाँस, नेता कार्यकर्ता खुसीले गदगद

रसुवा । नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ सर्वसम्मत भएका छन् ।

तामाङ सभापतिमा पुनः दोहोरिएका हुन् । सभापतिमा निर्वाचित तामाङ सभापति शेरबहादुर देउवा निकटका हुन् । उप–सभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ सर्वसम्मत भएका छन् ।

सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा तथा सह–सचिवमा पासाङ तितुङ र लक्षिनछिरिङ तितुङ सर्वसम्मत भएका छन् ।

केन्द्रिय महाधिबेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् ।

प्रतिनिधिसभा सांसद मोहन आचार्य, लामाकार्पु तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा ‘कुमार’, राजु तितुङ सर्वम्मत भएका छन् ।

हरिकृष्ण देवकोटा, दावामेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिञ्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुसाल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत भएका छन् ।

उप–सभापतिमा रिक्चेन तामाङ र राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा र तारानाथ पौडेल सर्वसम्मत भएका छन् ।

सह–सचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् ।

रसुवाको प्रदेश सभा क्षेत्र ‘ख’को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् ।

उप–सभापतिमा लाक्पाकामी तामाङ र सिंगी लामा सर्वसम्मत भएका छन् ।

सचिवमा निलनाथ आचार्य र खुवाबहादुर तामाङ तथा सह–सचिवमा सुदीप गुरुङ र राजु तामाङ सर्वसम्मत चयन भएका छन् ।

Published : Wednesday, 2021 December 1, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया