प्रभु ग्रुपका अध्यक्ष भट्टचन कांग्रेसमा निर्वाचित

बाग्लुङ । नेपाली कांग्रेस बाग्लुङको क्षेत्र नं. २ बाट उद्योगी देवीप्रकाश भट्टचन महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका कांग्रेस नेता भट्टचन महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।

भट्टचन अल्पसंख्यक कोटाबाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका थिए ।

भट्टचन २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधि सभाको सांसद बनेका थिए ।

प्रभु ग्रुपको प्रभु बैंक, प्रभु हेलिकप्टरलगायतका कम्पनीहरू छन् ।

Published : Tuesday, 2021 November 30, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया