ओलीको अनुहार मलिन, तनाबमा परे ‘बा’ र ‘छाउरा-छाउरी’हरू
सौराह । एमालेको अध्यक्षमा खड्गप्रसाद ओलीले भारी मतअन्तरले विजयी भएका छन् । विजयी भए पनि ओली ‘बा’को अनुहारमा चमक छैन । ओलीका ‘छाउरा र छाउरी’हरूमा पनि कुनै खुसीभाव छैन ।
चितवनको सौराहमा ओलीले १८ सय ४० मतसहित आफ्ना प्रतिद्वन्द्वी भीमबहादुर रावललाई अत्याधिक मतले जितेका हुन् । रावलले २२० मत पाएका थिए ।
रावललाई जिते पनि ओलीको अनुहारमा कुनै चमक छैन् । ओलीले चितवनमा गरेको १०औँ महाधिवेशन नाटक हो भन्ने कुरा एमालेका कार्यकर्ताले राम्रोसँग बुझेका छन् ।
आफ्ना विरोधीहरूलाई वडाबाटै डोजर लगाएर सिध्याएर ओलीले सौराहमा अधिवेशन गरेका थिए । ओलीले वडाबाट विरोधीलाई ठेगान लगाउँदा पनि सर्वसम्मत अध्यक्ष बन्न सकेनन् ।
कुनै बेला ओली पनि रावलकै अवस्थामा अविधेशनमा संघर्ष गरिरहेका थिए । रावलले अहिले ओलीसँग संघर्ष गरेका छन् । जनकपुरको एमालेको अधिवेशनमा ओलीको हालत अहिलेको रावलको जस्तै थियो ।
ओलीले आफ्ना आसेपासे र हनुमानहरूलाई काखी च्यापेर चार दिनसम्म चितवनमा गरेको रमाइलोले उनलाई त फाइदा पुगेको छ । उनीपछि आउने नेतृत्वका नेताहरूलाई त्यति सहज अवस्था छैन । रावलहरूले अबको चार वर्ष संगठनमा काम गरेर एमालेमा पकड बनाउनुपर्छ ।
विक्रम संवत २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।
२०२८ सालको झापामा मान्छे मारेर १४ वर्ष जेल बसेका ओलीले आफूलाई राजनीतिक बन्दी बताउने गरेका छन् । ओलीले मान्छे मारेर १४ वर्ष जेल बसेको कुरा कांग्रेसका नेता रामचन्द्र पौडेलले सार्वजनिक कार्यक्रममा भनिसकेका छन् ।
संविधान सभा निर्वाचन २०६४ चुनवामा ओली पनि माओवादी नेतृ धर्मशिला चापागाइँसँग पराजित भएका थिए ।
ओली एमालेभित्र अनुदारवादी नेताका रुपमा चिनिन्छन् । आफ्ना विरोधीलाई ओलीले रुचाउँदैनन् ।
ओलीको विरोध गर्दै आएका उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल पनि पराजित भएका छन् । भुसालले ७२५ मत पाएका थिए ।
भुसाललाई पनि पराजित हुन्छु भन्ने जानकारी थियो । तैपनि उनले उम्मेदवारी दिएका थिए । ओलीको अहँकार तोड्न रावल र भुसालले देखाएको साहसको प्रशंसा भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया