शेखर कोइरालाका यी हनुमान नसुध्रिएर भाँडभैला मच्चाए सर्लाही कांग्रेसका कार्यकर्ताले सबक सिकाउने
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको अधिवेशनमा पराजित हुने भएपछि शेखर कोइराला निकटका नेता अमरेशकुमार सिंहले उत्पात मच्चाइरहेका छन् ।
सर्लाहीका जिल्लाका विभिन्न स्थानमा भइरहेका अधिवेशनमा अमरेशकुमार सिंहको ‘ग्याङ’ले औकात देखाइरहेको छ । अमरेशकुमार सिंहको समूहलाई स्थानीय नेता कार्यकर्ताले धुलो चटाउने भएपछि आत्तिएर विभिन्न हर्कत गरिरहेका छन् । सिंहले पार्टीका नेताहरूविरुद्ध समाचार लेखाएर सेयर गरिरहेका छन् ।
बलरा नगरपालिका–८ गडहियामा अमरेशकुमार सिंहको ग्याङले हर्कत देखाउँदा झडपको स्थिति सिर्जना भएको थियो । अमरेशकुमार सिंहको समूहले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा जबरजस्ती लैजान खोजेको थियो । सभापति शेरबहादुर देउवा समूहले मतदान अधिकृत झाको उद्धार गर्न खोजेको थियो ।
अमरेशकुमार सिंहको हर्कतले झडपको स्थिति हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
यसअघि आइतबार पनि बलरा–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समूहबीच विवाद भएको थियो ।
झडपमा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहलाई अमरेशकुमार सिंहले जबरजस्ती बदनाम गर्ने खोजी रहेका छन् ।
वीरेन्द्र र अमेशरबीच कुरा मिल्दैन । सर्लाहीमा वीरेन्द्रको समूह राजनीतिक रुपमा बलियो छ । अमेशरकुमार सिंह सर्लाहीमा कमजोर छन् । कमजोर भएका कारण शेखर कोइरालाको ग्याङमा मिसिन पुगेका छन् ।
मन्त्री वीरेन्द्रका अंगरक्षकलाई अमरेश कुमार सिंहले जबरजस्ती विवादमा पार्न खोजेका छन् । अमरेशले जतिनै उपत्पात गरेपनि सर्लाहीबाट बढारिने पक्का छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया