नेपाल प्रहरीका ६ जना एसपीहरूको पदस्थापना

काठमाडौं । नेपाल प्रहरीका ६ जना एसपीहरूको पदस्थापना भएको छ ।

हालै डीएसपीबाट एसपीमा बढुवा भएका ६ जनालाई विभिन्न स्थानमा पदस्थापन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एसपी चक्रराज जोशीलाई सुनवलस्थित विशेष सुरक्षा गणको जिम्मेवार दिइएको छ । अर्जुनप्रसाद तिमिल्सिनालाई काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा पदस्थापन गरिएको छ ।

एसपी रमेश पण्डितलाई बाँकेको कोहलपुरस्थित लुम्बिनी प्रदेश प्रहरी गणको इञ्चार्ज बनाइएको छ ।

जनकबहादुर शाहीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ ।

लक्ष्मीराज अधिकारीलाई प्रदेश–१ प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ । अर्जुन रानाभाटलाई सुदूरपश्चिम प्रदेश प्रहरी गणको इञ्चार्ज बनाइएको छ ।

Published : Tuesday, 2021 November 30, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया