ओलीले रावलविरुद्ध यस्तोसम्म हर्कत गरे, सौराहमा जिल परे एमालेका मतदाताहरू
सौराह । एमालेको अध्यक्षमा सर्वसम्मत हुन नपाएका खड्गप्रसाद ओलीको समूहले चितवनको सौराहमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेका बेला अध्यक्षका प्रत्याशी भीमबहादुर रावलसहितका नेतालाई मतदान नगर्न भन्दै सूची वितरण गरिएको छ ।
ओलीकै निर्देशनमा उनको समर्थकले रावलसहितका नेताहरूलाई मतदान गर्न नहुनेभन्दै सूची बनाएर वितरण गरेको एकजना प्रत्यक्षदर्शीले बताएका छन् ।
ओली समूहले भीम रावलसहितका नेताहरूलाई मतदान नगर्न भन्दै सूचीको पर्चा बनाएर वितरण गरेको छ ।
पर्चा वितरण भएपछि मतदानस्थलमा तनावको स्थिति भएको छ । निर्धारित समयभन्दा करिब ७ घण्टापछि मात्र मतदान सुरु भएको हो ।
ओली समूहले रावलसहितका नेताहरूको सूची प्रकाशित गरेको छ । मतदान गर्न लाइनमा बसेका कार्यकर्तालाई सो सूची वितरण गरिएको छ ।
अध्यक्षका उम्मेद्वार भीम रावल, उपाध्यक्षका उम्मेद्वार घनश्याम भुसाल, सचिव टंकप्रसाद कार्की र भीम प्रसाद आचार्यलाई भोट नहाल्नू भनिएको छ ।
सदस्य (प्रदेश १ खुल्ला)मा भाष्कर काफ्ले, सदस्य (प्रदेश महिला) नीरा खना, सदस्य (सुदूरपश्चिम महिला) पशुपति कुँवर, मञ्जु मलासी, सदस्य (दलित खुल्ला) नरवहादुर विक, सदस्य (थारु खुल्ला) जयप्रकाश थारु, सदस्य (पिछडिएको क्षेत्र खुल्ला)मा भरत साउदलाई भोट नहाल्न भनिएको छ ।
ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिन रावलले अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले अध्यक्षमा पराजित भएमा केन्द्रीय सदस्यमा पनि नबस्ने जनाएका छन् । रावलको यो हिम्मतको प्रशंसा भएको छ । ओलीको अहँकार र निरंकुशताविरुद्ध रावलले विद्रोह गरेपछि ओली ‘बा’का ‘छाउरा’हरूलाई तनाब भएको छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया