भारतद्वारा दुई वटा विद्यालयको भवन बनाएर हस्तान्तरण
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दार्चुलाका श्री मोती महिला संघ प्राथमिक विद्यालय र श्री मालिकार्जुन नमूना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनहरूको उद्घाटन गरेर हस्तान्तरण भएको छ ।
नेपाली रुपियाँ १ करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलंगा, तिंकरमा अवस्थित श्री मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ विद्यालय भवनको नेपालका लागि भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले हस्तान्तरण गरेकी हुन् ।
सन् १९६० मा स्थापना भएको यस विद्यालयले लामो समयदेखि गुणस्तरीय प्राथमिक तहको शिक्षा प्रदान गर्दै आएको छ ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दार्जुला जिल्लाका सीमान्तकृत तिंकरी र भुटिया समुदायका रहेका छन् ।
हाल विद्यालयमा अध्ययनरत ३९१ विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा रहेका छन् ।
भवनले ग्रामीण क्षेत्रको सिकाई वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पुर्याउने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकारको नेरु. २ करोड ३३ लाख आर्थिक सहयोग दार्चुला जिल्लाको महाकाली–७ धापस्थित श्री मालिकार्जुन नमूना माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको पनि उद्घाटन गरेर हस्तान्तरण गरिएको छ ।
सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो । यो विद्यालय सुदूरपश्चिम क्षेत्रमा अवस्थित छ ।
विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई राख्न यसअघिको पूर्वाधार अपर्याप्त थियो । भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको यस दुई तल्ले नवनिर्मित विद्यालय भवनले दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुर्याउनेछ ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप यी परियोजनाहरुलाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’का रुपमा अघि बढाइएको हो ।
यी परियोजनाहरुको कार्यान्वयन क्रमशः जिल्ला समन्वय समिति, दार्चुला र महाकाली नगरपालिका, दार्चुलाले गरेका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया