युवा नेता राजु गोर्खाली सिन्धुपाल्चोक कांग्रेसबाट निर्वाचित, मतदातालाई दिए धन्यावाद
मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोकबाट युवा नेता राजेन्द्रबहादुर गोर्खाली ‘राजु’ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ को अधिवेशनमा गोर्खाली केन्द्रीय महाधिवेशनमा निर्वाचित भएका हुन् । गोर्खालीले राम्रो मत पाएका थिए ।
कांग्रेसको १४औँ महाधिवेशनबाट गोर्खालीले औपचारिक रुपमा राजनीति शुरु गरेका छन् । यसअघि राजनीतिमा सक्रिय भए पनि गोर्खालीले वडादेखि राजनीति गरेका थिएनन् । उनले आफूलाई कांग्रेसको राजनीतिमा मसिनो गरेर सक्रिय बनाएको संकेत दिएका छन् ।
सिन्धुपाल्चोक– २ बाट गोर्खालीले औपचारिक रुपमा वडाबाटै कांग्रेसको राजनीति थालेका छन् । वडाबाट राजनीति शुरु गरेका गोर्खालीले अब कांग्रेसको नेतृत्वसम्म पुग्ने योजना बनाएका हुन सक्छन् ।
कांग्रेसको राजनीतिमा वडादेखिनै लाग्नु भएछ नि ? भन्ने जिज्ञासामा गोर्खालीले भने, ‘म कांग्रेसको कार्यकर्ताको भावना बुझेर गाउँबाटै राजनीति गर्न चाहेकाले वडाबाट आएको छु ।’
भावी राजनीतिका यात्राका विषयमा गोर्खालीले अग्रज नेताहरू सल्लाह र सुझावअनुसार अगाडि बढ्ने बताएका छन् । नेता गोर्खाली पूर्वउपसभापति प्रकाशमान सिंह निकट मानिन्छन् ।
उनले आफूलाई वडादेखि क्षेत्रसम्म र महाधिवेशन प्रतिनिधिमा मतदान गरेर निर्वाचित गर्ने मतदाता, शुभेच्छुक, नेता कार्यकर्ताहरूलाई धन्यावाद दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया