काभ्रे कांग्रेसबाट गुमानसिंह लामा प्रतिनिधिमा निर्वाचित

बनेपा । नेपाली कांग्रेसका युवा नेता गुमानसिंह लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

काभ्रे कांग्रेसको क्षेत्रीय अधिवेशनमा लामा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । निर्वाचित भएपछि लामाले सबै मतदाता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।

काभ्रे कांग्रेसमा सक्रिय रहेका लामाले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेताहरूसँगको परामर्शमा निर्णय लिने बताएका छन् । लामा युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।

Published : Monday, 2021 November 29, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया