गुल्मी कांग्रेसको सभापतिमा पन्थी निर्वाचित

गुल्मी । नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन् ।

सोमबार बिहान सार्वजनिक भएको नतिजाअनुसार सभापतिमा पन्थीले १ हजार २ सय ७१ मत ल्याएका छन् । पन्थी नेता रामचन्द्र पौडेल निकटका मानिन्छन् ।

सभापतिका उम्मेदवार बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएका छन् । थापा सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव थिए । थापा महाधिवेशन प्रतिनिधि हुन् ।

उप–सभापतिमा अनन्तराम पौडेलले १ हजार १८७ र शिवबहादुर खत्रीले १ हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् ।

सचिवमा जगदीश भट्टराईले ९९१ र भगतसिंह खड्काले १ हजार २२ मत ल्याएर निर्वाचित भएका छन् ।

सह–सचिवमा छविलाल पाण्डेले १ हजार १३३ मत र धर्मराज पाण्डेले ८५० मत ल्याएर निर्वाचित भएका छन् ।

Published : Monday, 2021 November 29, 9:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया