काठमाडौं कांग्रेसको सभापतिमा गगन थापा निकटका बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन् ।

बानियाँ नेता प्रकाशमान सिंह निकटका हुन् । बानियाँलाई सभापतिमा जिताउन गगन थापाले ठूलो सहयोग गरेका थिए ।

प्रकाशमान सिंहको मात्रै साथ लिएर बानियाँ सभापतिमा प्रतिस्पर्धा गरेको भए पराजित हुने पक्का थियो । गगनको समर्थनपछि बानियाँले जितेका हुन् ।

सोमबार बिहान प्राप्त अन्तिम मत परिणामअनुसार बानियाँले एक हजार ९ सय ५७ मत ल्याएर विजयी भएका हुन् । बानियाँ यसअघि पनि काठमाडौं कांग्रेसको सभापति थिए ।

सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्की पराजित भएका छन् । कार्कीले एक हजार ८९ मत ल्याएका थिए । कार्की सभापति शेरबहादुर देउवा निकटका हुन् । कार्कीलाई नेता कृष्णप्रसाद सिटौलानिकट नेता भीमसेनदास प्रधानको समर्थन थियो ।

काठमाडौंमा नेता सिंह–थापाको पकड छ । वडादेखि नै उनीहरू पक्षकाले अधिकांश स्थान जितेका थिए । काठमाडौंमा पराजित हुने डरले गर्दा नेता प्रकाशमान सिंहले गगन थापालाई साथमा लिएर हिँडेका छन् ।

Published : Monday, 2021 November 29, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया