विमलेन्द्रले औकात देखाइ छाडे, भाई र पत्नीलाई कांग्रेसको राम्रा पद उपहार

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३ मा उप–सभापति विमलेन्द्र निधिले आफ्नै भाईलाई सभापति बनाएपछि विरोध भएको छ ।

आइतबार भएको अधिवेशनमा उप–सभापति निधिले आफ्नै भाई धिरेन्द्र निधिलाई सभापति बनाएका छन् । विमलेन्द्रले आफ्नी पत्नी अनामिका निधिलाई पनि महाधिवेशन प्रतिनिधि बनाएका छन् ।

अरु जिल्लामा भएका अधिवेशनलाई विधिसम्मत हुन नसकेको भनेर आरोप लगाउँदै आएका विमलेन्द्रले आफ्नै जिल्लामा जबरजस्ती गरेको कार्यकर्ताको आरोप छ ।

विमलेन्द्रले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । विमलेन्द्रले आफ्नै जिल्लाका नेताहरूलाई अन्याय गरेर कसरी सभापतिमा निर्वाचित हुन्छन् भनेर प्रश्न उठेको छ ।

विमलेन्द्रले सर्वसम्मतिका नाममा २२ जना प्रतिनिधि छनोट गरेका छन् ।

क्षेत्रीय सभापतिका आकांक्षी शम्भुनाथ झाले विमलेन्द्र निधिले लोकतन्त्रको हत्या गरेको बताएका छन् ।

धनुषाको चार निर्वाचन क्षेत्रमध्ये तीनमा सहमति नजुट्दा प्रतिनिधि छनोट हुन नसकेको जिल्लाको उप–सभापति सन्तोष यादवले जानकारी दिएका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा क्षेत्रीय सभापति जितनारायण यादवको संयोजकत्वमा ६ सदस्य वर्ता टोली गठन भएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा केन्द्रीय नेता आनन्दप्रसाद ढुंगाना निकटका अकांक्षी बलियो देखिएका छन् ।

क्षेत्र नम्बर २ र ४ मा पनि सहमति हुन सकेको छैन् । क्षेत्र नम्बर ४ मा महेन्द्र यादव निकट कुमरकान्त झाको दाबी छ । नेताहरू झालाई नै सर्वसम्मति गर्ने तयारीमा छन् ।

२५ सदस्य महाधिवेशन प्रतिनिधि पनि छनोट भएको छ । औपचारिक रूपमा भोलि सार्वजनिक गर्ने नेताहरूको तयारी छ ।

क्षेत्र नं. २ मा केन्द्रीय नेता एवम् पूर्व मन्त्री रामकृष्ण यादवको पकड छ । उनी निकट क्षेत्रीय सभापति राजकिशोर सिंह हुने स्रोतको दाबी छ ।

Published : Sunday, 2021 November 28, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया