भक्तपुर कांग्रेसको सभापतिमा दुर्लभलाई रोक्न महेश बस्नेतका भाडाका टट्टुहरू सक्रिय, जित्ने पक्का
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापति दुर्लभ थापाले पुनः उम्मेदवारी दिएपछि कम्युनिस्टका नामका धन्दावालहरूलाई तनाब भएको छ ।
कांग्रेसभित्रै पनि संगठन नगरेर कांग्रेसको नाम भजाएर खान पल्केका नेताहरूलाई थापाको उम्मेदवारीले तनाव भएको छ । भक्तपुर कांग्रेसको नयाँ नेतृत्वको लागि सोमबार निर्वाचन हुँदैछ । थापा कम्युनिस्टप्रति अनुदार छन् । कम्युनिस्टले थापालाई रुचाउँदैनन् । पार्टीभित्र भन्दा पनि थापालाई हराउन कम्युनिस्टहरू लागेको चर्चा छ ।
सभापति पदमा थापाले पुनः उम्मेदवारी दिएका छन् । थापाले भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमपकिपा) र एमालेसँग भिडेर संगठन निर्माण गरेका छन् ।
सभापति थापाको सक्रियतापछि तिलमिलाएका कम्युनिस्टहरू डराएका छन् । भक्तपुर कांग्रेसमा थापालाई रोक्न कांग्रेसभित्र नेताहरूभन्दा पनि एमालेका नेताहरू सक्रिय भएर लागेको चर्चा छ ।
थापालाई रोक्न सबैभन्दा धेरै सक्रियता एमालेका नेता एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेत लागेको आरोप छ । एमालेको महाधिवेशनका लागि सौराहमा रहेका नेता बस्नेतले बस्नेतलाई हराउन आफ्ना भाडाका टट्टुहरू परिचालन गरेको चर्चा भक्तपुर कांग्रेसभित्र छ ।
महेश बस्नेतलाई हराउने गरेर कांग्रेसका सभापति थापाले तयारी गरेका छन् । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई एकलौटी जिताउने गरेर थापाले तयारी गरेका छन् ।
थापाको तयारी एमालेका नेता बस्नेतलाई मन परेको छैन । थापाले सभापतिमा जित्ने हो भने सबैभन्दा धेरै नोक्सानी एमालेका नेता बस्नेतलाई हुनेछ । एमालेका नेता बस्नेतले थापालाई सभापतिमा हराउन कांग्रेसका केही नेताहरूलाई पैसा समेत बाँडेको आरोप छ ।
यसैबीच, सभापतिमा उम्मेदवार बनेका थापाले आफ्ना प्रतिस्पर्धीलाई करीव दुई सय मतको अन्तरमा हराउने गरेर तयारी गरेका छन् । स्रोतका अनुसार थापा सभापतिमा दोहोरिएर भक्तपुरलाई कांग्रेसको किल्ला बनाउने योजनामा छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया