दैलेख कांग्रेसको सभापतिमा रेग्मी निर्वाचित, मेयर समेत रहेका भण्डारी पराजित
दुल्लु । नेपाली कंग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् ।
आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार सभापतिमा रेग्मी निर्वाचित भएका हुन् । नेता रामचन्द्र पौडेल समूह निकट मानिने रेग्मीले ७९१ मत पाएका छन् ।
सभापतिमा धनश्याम भण्डारी ७५४ मतसहित पराजित भएका छन् । भण्डारी सभापति शेरबहादुर देउवा निकटका हुन् ।
सभापतिमा पराजित भएका भण्डारी दुल्लु नगरपालिकाका मेयर पनि हुन् ।
Published : Sunday, 2021 November 28, 5:03 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया