कञ्चनपुर कांग्रेस सभापतिमा बोगटीको जित, कार्यकर्ताले एनपी साउदलाई औकात देखाइदिए
महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् ।
आइतबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार बोगटीले सभापतिमा शानदार जित हासिल गरेका हुन् । बोगटीले ८०६ मत प्राप्त गरेका छन् ।
सभापतिमा निर्वाचित बोगटी सभापति शेरबहादुर देउवा निकटका हुन् । बोगटीलाई केन्द्रीय सदस्य रमेश लेखकको समर्थन थियो ।
बोगटीसँग सभापतिमा बहादुरसिंह थापा पराजित भएका छन् । थापाले भने ७१५ मत प्राप्त गरेका छन् । थापालाई केन्द्रीय सदस्य एनपी साउदको समर्थन थियो ।
निर्वाचनमा एक हजार ५ सय ७१ मत खसेको थियो । उप–सभापतिमा मीनबहादुर सिंह ७८६ र हरिचन्द्र राना ७६३ मतका साथ विजयी भएका छन् ।
सचिवमा भमराज भट्ट ७२८ र हेमराज ओझा ६९४ मतसहित विजयी भएका छन् ।
सह–सचिवमा नाफुसिंह साउद ७२६ र पुष्कल चौधरी ६७४ मतसहित विजयी भएका छन् ।
लेखकले बोगटीलाई सभापतिमा विजयी बनाएर साउदलाई पाठ सिकाएका छन् । लेखकविरुद्ध साउदका हर्कतले सीमा नाघेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया