ललितपुर कांग्रेसको सभापतिमा जितेन्द्रको जित, ‘अन्तरघाती’ पराजित, अमात्यको शासन ढल्यो
जवलाखेल । नेपाली कांग्रेस ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठको शानदार जित भएको छ ।
आइतबार करीव साढे तीन बढे आएको अन्तिम नतिजाअनुसार श्रेष्ठले ६६५ मत पाएका छन् । सभापतिमा निर्वाचित श्रेष्ठ सभापति शेरबहादुर देउवा निकटका हुन् । उनलाई विजयी बनाउन युवा नेता उदयशम्शेर राणाले ठूलो मेहनत गरेका थिए ।
सभापतिमा रामकृष्ण चित्रकार पराजित भएका छन् । चित्रकारले ६५३ मत पाएका थिए । चित्रकारलाई ललितपुर कांग्रेसका सभापति एवम् पूर्वसांसद मदनबहादुर अमात्यको समर्थन थियो ।
ललितपुर कांग्रेसको निर्वाचनमा १ हजार ३ सय २१ मत खसेको थियो । पहिलो चरणको सभापति निर्वाचनमा कसैले पनि ५१ प्रतिशत ल्याउन नसकेपछि आज दोस्रो चरणको निर्वाचन भएको थियो ।
मदनबहादुर अमात्यले अन्तरघातीको आरोपमा कारबाही फुकुवा भएका रामकृष्ण चित्रकारलाई सभापतिमा उम्मेदवार बनाएका थिए ।
अमात्यले लामो समय ललितपुर कांग्रेसको सभापति भएर चलाएका थिए । उनको कार्यकालमा कार्यकर्तालाई अत्यन्तै तल्लोस्तरको गालीगलौज गर्ने र अपमान गर्दै आएका थिए । यो कुरा स्वयं नेता उदयशम्शेर राणाले आफ्नो भाषणमा भनेका छन् ।
अमात्यले धेरैलाई आजित बनाएका थिए । केन्द्रीय नेताहरूको कुरालाई पनि टेर्दैन थिए । उनको हर्कतले ललितपुर कांग्रेसका कार्यकर्ता आजित थिए । चिरिबाबु महर्जनलाई अमात्यले उचालेकै कारण ललितपुर महानगरमा कांग्रेस कमजोर भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया