‘डन’हरूको जिल्लामा को बन्यो कांग्रेस सभापति ? दोब्बर मतसहित प्यानल निर्वाचित
बनेपा । नेपाली कांग्रेस काभ्रेको सभापतिमा पूर्वसांसद तीर्थ लामा विजयी भएका छन् ।
लामाले सभापतिमा १ हजार ६ सय ४६ मत पाएका थिए । सभापति लामाले आफ्नो पूरै प्यानललाई विजयी बनाएका छन् । सभापतिमा निर्वाचित लामा सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।
सभापतिमा लामासँग अच्युत पौडेल पराजित भएका छन् । पराजित भएका अच्युत पौडेल नेता रामचन्द्र पौडेल निकटका हुन् ।
२ हजार ४ सय ६८ मत खसेको थियो । सभापतिमा निर्वाचित लामाले १ हजार ६ सय ४६ मत प्राप्त गरेका छन् । पराजित पौडेलले जम्मा ६४३ मत पाएका छन् । लामाले पौडेललाई ८ सय ७६ मतको अन्तरले हराएका छन् ।
उप–सभापतिमा रमेशप्रसाद हुमागाइँले १३४६ र ठाकुर न्यौपाने १२३७ मतसहित विजयी भएका छन् ।
उप–सभापतिमा पराजित गोविन्दबहादुर थापाले ६०६ र शंखरदास लामाले ५६० मत तथा देवराज लामाले २०७ पाएका छन् ।
सचिवमा निर्वाचित गुणराज मोक्तानले १२४६ र माधवप्रसाद ढकालले १२५४ मत प्राप्त गरेका छन् ।
सह–सचिवमा निर्वाचित रविन्द्रनाथ सिग्देलले १२४६ मत र समीर व्याञ्जु श्रेष्ठले १२९६ प्राप्त गरेका छन् ।
काभ्रे जिल्लालाई ‘डन’हरूको जिल्ला भनेर परिचय बनाएको छ । सभापतिमा निर्वाचित तीर्थ लामा पनि भुतपूर्व ‘डन’ हुन् । गणेश लामा पनि ‘डन’ हुन् । गणेश लामा सुध्रिसकेका छन् । उनी समाज सेवामा लागेका छन् ।
अर्का ‘डन’ दावा लामा भुम्लु गाउँपालिकाको कांग्रेसको सभापति बनेका छन् । दाला लामा अहिले पनि प्रहरीको उच्च निगरानीमा छन् । प्रहरी इन्काउन्टरबाट बालबाल बचेका दावाका दिन कांग्रेसको सरकार आएपछि केही सहज बनेको छ ।
‘डन’ सञ्जीव लामा ‘स्याल’ पनि काभ्रेकै हुन् । ‘स्याल’ले काठमाडौंमा रेष्टुरेन्टको व्यवसाय गर्छन् । उनी पनि सुध्रिने चरणमा छन् । काभ्रेली ‘डन’ र ‘गुण्डा’हरू भनेपछि काठमाडौं उपत्यका अहिले पनि थुरुरु डराउँछ । उनीहरू सबै कांग्रेस निकटका हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया