युवा नेतृ बालिकाद्वारा दाङ कांग्रेसको सचिव ‘कब्जा’, जिल परे पुरुष उम्मेदवारहरू
घोराही । नेपाली कांग्रेस दाङको जिल्ला सचिवमा युवा नेतृ बालिका लम्सालले पुरुष उम्मेदवारहरूसँग प्रतिस्पर्धा गरेर सचिव पद ‘कब्जा’ गरेकी छिन् ।
शनिबार राति प्राप्त अन्तिम मतगणनाको नतिजाअनुसार बालिकाले १ हजार ५ मतसहित सचिव पदमा निर्वाचित भएकी हुन् । बालिकाले लोकप्रिय मत पाएकी छिन् ।
बालिका दाङ कांग्रेसमा पुरुष नेताहरूसँग प्रतिस्पर्धा गरेर जित हासिल गर्ने पहिलो महिला नेतृ हुन् ।
युवा नेतृ बालिका दाङ क्षेत्र नं. २ ‘ख’ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएकी थिइन् ।
बालिकाले सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवारी दिएकी थिइन् ।
सचिवमा अर्जुनकुमार योगी १ हजार १ सय ५६ मत प्राप्त गरि निर्वाचित भएका छन् । गिरी नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका थिए ।
सचिव पदमा उम्मेदवार बनेका कृष्णप्रसाद सुवेदी र सूर्यप्रकाश राना पराजित भएका छन् ।
सह–सचिवमा राजु आचार्य र सुवोधकुमार डाँगी निर्वाचित भएका छन् । आचार्यले १०५४ र डाँगीले १०३१ मत पाएका थिए ।
सह–सचिवमा निर्वाचित भएका राजु आचार्य तुलसीपुर उप–महानगरपालिका– २ का वडाध्यक्ष हुन् ।
सुवोधकुमार डाँगी नेश्नल प्याब्सनका केन्द्रीय उपाध्यक्ष हुन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया