नुवाकोटमा रमेश बने कांग्रेसको सभापति, ठूला कुरा गर्ने केसी समूहको पत्तासाफ
त्रिशूली । नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् ।
शनिवार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार महत सभापतिमा निर्वाचत भएका हुन् । महत १०मतले निर्वाचित भएका छन् ।
महतले सभापतिमा डा.केदारनरसिंह केसीलाई पराजित गरेका हुन् ।
कूल एकहजार ७ सय ६८ मतदातामध्ये एक हजार ७ सय ४७ मत खसेको थियो ।
विजयी भएका महत नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता हुन् ।
उनलाई नेपाली कांग्रेसका सह–महामन्त्री डा.रामशरण महत र पूर्वअर्थमन्त्री डा.रामशरण महत र प्रतिनिधि सभाका सांसद बहादुरसिंह लामाको साथ दिएका थिए ।
कांग्रेसका केन्द्रीय सदस्य अर्जुननर सिंह केसीका भाई डा.केदार नरसिंह केसी सभापतिमा उम्मेदवार बनेका थिए । यसअघि पनि नुवाकोटमा नेता केसीकै भाई जगदीश्वर नरसिंह केसी दुई पटकसम्म सभापति बनेका थिए ।
केसी परिवारले नुवाकोट कांग्रेसमा कांग्रेसलाई नोक्सान गरेका थिए । उनीहरूका कारण नुवाकोटमा कांग्रेस कमजोर बनेको थियो ।
रमेश महत सभापतिमा निर्वाचित भएसँगै नुवाकोटमा केसी समूह पत्तासाफ भएको छ ।
जिल्लाको २ क्षेत्र र ४ वट्टै प्रदेशसभा कब्जा जमाएको महत–लामा समूहले केसी समूहलाई जिल्लामा निल गराएको छ ।
डा.केसी सभापतिमा पराजित भएसँगै वर्तमान जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको बाग्मती प्रदेशको सभापति बन्ने लक्ष्य समेत तुहिएको छ ।
केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले केन्द्रीय सभापतिमा उम्मेदवारी दिने भनेर उत्पात मच्चाउँदै आएका थिए । नुवाकोटबाट केसी समूहले सबै निर्वाचन हारेपछि उनीहरूको औकात कांग्रेसको कार्यर्ताले थाहा पाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया