कांग्रेसका युवा नेता अनुराग खड्का अस्पताल भर्ना, दाङका नेता कार्यकर्तासँग मागे माफी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अनुराग खड्का बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

खड्कालाई शनिबार ललितपुरको जावलाखेलस्थित अल्का हस्पिटलमा भर्ना गरिएको छ । खड्काले आफूलाई केही असजिलो भएपछि उपचारका लागि अस्पताल आएको बताए ।

उनले ब्लड प्रेसर लो हुनुका साथै सामान्य ज्वरो पनि आएको बताएका छन् । ‘दाङ कांग्रेसको क्षेत्रीय अधिवेशनमा दौडधुप पनि भयो ।

स्वास्थ्यमा केही असजिलो भएको महशुस भएपछि अस्पतालमा चेकजाँच गराउँदा भर्ना हुनु पर्‍यो’, उनले भनेका छन् ।

बिरामी भएर अस्पताल भर्ना भएपछि दाङ कांग्रेसको जिल्ला अधिवेशनमा उपस्थित हुन नपाएकोमा चिन्ता जनाएका छन् ।

‘बिरामी भएर अस्पताल भर्ना हुनु पर्‍यो’, उनले भने, ‘जिल्ला अधिवेशनको उद्घाटन र मतदान प्रक्रियामा भाग लिन सकिने । दुःख लागेको छ । दाङका कांग्रेसका नेता कार्यकर्तासँग माफी माग्न चाहन्छु ।’

दाङ कांग्रेसको शनिबार घोराहीमा नयाँ नेतृत्वका लागि निर्वाचन भएको छ । खड्का दाङ क्षेत्र नं. १ बाट लोकप्रिय मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।

Published : Saturday, 2021 November 27, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया