इन्द्र बानियाँद्वारा कांग्रेसको बाग्मती प्रदेश सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता इन्द्रबहादुर बानियाँले कांग्रेसको बाग्मती प्रदेशको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बाग्मती प्रदेश सभा संसदीय दलका नेता समेत रहेका बानियाँले प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको जनाएको जनाएका छन् । उनी सभापति शेरबहादुर देउवा निकटको मानिन्छन् ।
नेता बानियाँले कांग्रेसलाई बलियो र जनताको सेवा गर्ने पार्टी बनाउनका लागि आफूले बाग्मती प्रदेश सभापतिमा उम्मेदवार बन्न लागेको बताए ।
मकवानपुर कांग्रेसको सभापति समेत रहेका बानियाँ पूर्व गृह राज्यमन्त्री पनि हुन् । बानियाँ युवाहरूका बीच लोकप्रिय मानिन्छन् ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंसिर १६ र १७ गते प्रदेश कार्यसमितिका लागि अधिवेशन हुन लागेको छ ।
प्रदेश सभाको अधिवेशन सम्पन्न भएपछि मंसिरको २४, २५ र २६ गते काठमाडौंको भृकुटीमण्डपमा १४औँ महाधिवेशन हुनेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया