प्रधानमन्त्री देउवाका भतिज कांग्रेसमा सर्वाधिक मतसहित निर्वाचित
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा अत्याधिक मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
प्रधानमन्त्री देउवाका भतिज रहेका प्रकाशबहादुर देउवा स्वकीय सचिवसमेत हुन् । प्रकाश कैलाली क्षेत्र नं. ५ बाट महाधिवेशन प्रतिनिधिमा खुलातर्फ सर्वाधिक मतसहित विजयी भएका छन् ।
खुलातर्फबाट प्रतिश्पर्धा गरेका प्रकाशले तीन सय तीन मत प्राप्त गरेका थिए ।
प्रकाश धनगढी उप–महानगरपालिका वडा नं. ४ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए ।
अत्याधिक मतसहित महाधिवेशन प्रतिनिधि बनेका प्रकाशको राजनीतिक भविष्य सुखद् रहेको चर्चा धनगढी कांग्रेसका कार्यकर्तावीच चलेको छ ।
Published : Friday, 2021 November 26, 1:48 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया