कपिलवस्तु– ३ कांग्रेसमा देउवा समूहको शानदार जित, युवा नेता शाहद्वारा ‘क्लिन स्विप’
चन्द्रौटा । नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा ब्रम्हानन्द उपाध्याय निर्वाचित भएका छन् ।
बिहीबार सार्वजनिक भएको मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा निकट सभापतिमा उपाध्याय निर्वाचित भएका हुन् । सभापति उपाध्यायको प्यानल नै क्षेत्र नं. ३ मा निर्वाचित भएको निर्वाचिन समितिले जनाएको छ ।
क्षेत्र नं. ३ सांसद एवम् केन्द्रीय सदस्य अभिषेकप्रताप शाहको क्षेत्र पर्छ । नेता शाह सभापति देउवा निकटका हुन् । आफ्नो निर्वाचन क्षेत्रमा देउवा समूहलाई जिताउन युवा नेता शाहले सबै जोडबल गरेका थिए ।
क्षेत्र नं. ३ को प्रदेशतर्फका क्षेत्र ‘क’ र ‘ख’मा पनि देउवा समूहका सभापतिहरू निर्वाचित भएका छन् । ‘क’को सभापतिमा गोविन्द केसी र ‘ख’को सभापतिमा मुक्तेश्वर मिश्र निर्वाचित भएका छन् ।
कांग्रेसका युवा नेता शाहले देउवालाई १४औँ महाधिवेशनमा पार्टी सभापति जिताउन आफ्नोतर्फबाट हुने सबै सहयोग गर्ने जनाएका छन् ।
‘सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुने निश्चित छ’, उनले भने, ‘कपिलवस्तुमा मेरो क्षेत्रमा देउवा समूहले क्लिन स्विप गरेको छ । हामीले देउवालाई सहयोग गर्ने हो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया