दाङ कांग्रेसमा घिमिरे परिवारबाट चार जना निर्वाचित

घोराही । नेपाली कांग्रेस दाङको क्षेत्रीय अधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेसहित परिवारका चार जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

बुधबार सार्वजनिक अन्तिम नतिजाअनुसार घिमिरे परिवारबाट चार जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । दाङ कांग्रेसमा घिमिरे परिवार भनेपछि अलग पहिचान छ ।

कृष्णकिशोर घिमिरे, किरणकिशोर घिमिरे, कमलकिशोर घिमिरे र कविता शर्मा रहेका छन् ।

कृष्णकिशोर घिमिरे पूर्वसांसदसमेत हन् । किरणकिशोर घिमिरे वरिष्ठ वैदेशिक रोजगार व्यवसायी र अस्पतालका सञ्चालक हुन् ।

कमलकिशोर घिमिर दाङ कांग्रेसको पूर्वसचिव हुन् । कविता शर्मा दाङ कांग्रेसकी नेतृ हुन् ।

Published : Wednesday, 2021 November 24, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया