कांग्रेसका युवा नेता भण्डारी गुल्मीबाट निर्वाचित

तम्घास । नेपाली कांग्रेसका युवा नेता मोती भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

मंगलबार गुल्मी क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनबाट भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । भण्डारीले आफूलाई मतदान गरेर निर्वाचित गराउन प्रतिनिधि, कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई धन्यावाद दिएका छन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै युवा नेता भण्डारीले लुम्बिनी प्रदेश कार्यसमिति वा केन्द्रीय कार्यसमिति कुनमा उम्मेदवारी दिने हो सो विषयमा आन्तरिक परामर्शमा छन् ।

पार्टीका नेता तथा शुभेच्छुकहरूको सल्लाहअनुसार नै अबको राजनीतिक बाटो तय हुने उनले बताएका छन् ।

Published : Wednesday, 2021 November 24, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया