बानियाँलाई सर्वाधिक मत, मकवानपुर कांग्रेस देउवा समूहले एकलौटी भरियो
हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा क्षेत्र नम्वर १ र २ को अधिवेशन सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यावाद दिएका छन् ।
उनले सबै क्षेत्रमा सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिएको र सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन गरिएको बताए ।
‘सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास गरिएको हो । कतै सहमति भयो, कतै निर्वाचन गर्नुप¥यो’, उनले भने, ‘कांग्रेस लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो । लोकतन्त्रमा बहुमतको जित हुन्छ । अल्पमतको सम्मान हुन्छ ।’
उनले भने, ‘कुन प्यानलले जित्यो, कता पट्टिकोले जित्यो भनेर अब तनाब लिएर नबसौँ । यहाँ जसले जिते पनि कांग्रेसले जितेको हो । अन्य कुनै दलले आएर जितेको होइन ।’
‘निर्वाचित हुन नसक्नेले अझै मिहेनत गरौँ’, उनले भने, ‘जनताको विश्वास जित्ने काम अझै बढी गरौँ । एकदिन सफल भइन्छ ।’
सभापति बानियाँले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मकवानपुरको २ वटै प्रतिनिधिसभा र ४ वटै प्रदेशसभामा कांग्रेसको उम्मेदवार जिताएको दिन आफ्नो चाहाना पूरा हुने बताएका छन् ।
‘कोही पनि निराश हुनु जरुरी छैन । मैले पनि माला लगाएको छैन’, उनले भने, ‘म प्रतिनिधिसभा र प्रदेश सभाको सबै सिट जितेको दिन मात्रै माला लगाउँछु । त्यसदिन मात्रै मेरो लक्ष्य पूरा हुनेछ ।’
सभापति बानियाँले निर्वाचित सबैलाई प्रमाण–पत्रसमेत वितरण गरेका छन् ।
सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नम्वर १ को सभापतिमा दामोदर खनाल निर्विरोध भएका छन् ।
सभापतिका लागि उम्मेदवारी घोषणा गरेका धर्मराज लामिछानेले नाम फिर्ता लिएपछि खनाल प्रतिनिधि सभाको क्षेत्र नं. १ को सभापतिमा निर्विरोध चयन भएका हुन् ।
सह–सचिवमा इन्द्रबहादुर मोक्तान र मुना पाठक कठायत निर्विरोध भएका छन् ।
क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा केशवप्रसाद धिताल, मीठाराम दाहाल निर्विरोध भएका छन् । राधा कोइराला, लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ, अमृता थापा, गोपीलाल विक, रूद्र ढकाल खान पनि निर्वारोध महाधिवेशन प्रतिनिधि भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ सभापति बानियाँ सर्वाधिक मत पाएका छन् । उनले ६७६ मत प्राप्त गरेका हुन् ।
आनन्दराम पराजुली, अमृतकुमार लामा, विष्णुकुमार लामिछाने, दिनेश उपाध्याय, रघुरमण न्यौपाने, प्रभातकुमार दाहाल, माइक रामचन्द्र अर्याल, रामबाबु बानियाँ र ताराचन्द्र बजगाइँ पनि महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा शेरबहादुर लामा, राजु खतिवडा, होमनाथ गौतम र चोकबहादुर ठाडा मगर पनि निर्वाचित भएका छन् ।
उर्मिला पुलामी, पवित्रा बिक, अञ्जना उपाध्याय, मीरा बञ्जारा, चम्पुरत्न लामा, अशोकराज शाक्य, शुभात थिङ विजयी विजयी भएका छन् ।
क्षेत्रिय समतिको सचिवमा दोर्जे लामा स्याङतान र कविन संगामी विजयी भएका छन् ।
मकवानपुर क्षेत्र नं. २ को सभापतिमा लोकबहादुर मुक्तान निर्वाचित भएका छन् ।
सचिवमा थलबहादुर थापा सन्तोष र बलराम घिमिरे विजयी भएका छन् ।
महाधिवेशन प्रतिनिधिहरू उमा दाहाल, जानकी लामा तामाङ, मीरा स्यांतान, निलम देवकोटा, इश्वर पाठक, शंकर न्यौपाने, जयराम लामिछाने, टेकनाथ शिवकोटी, बुद्ध लामा, भरत लामा, ठाकुरराम तितुङ, राजकुमार मल्ल निर्वाचित भएका छन् ।
राज मैनाली, सन्तबहादुर प्रजा, राजेश भेटवाल, गोरी माया लामा, जानकी लामा, निर्मला हिम्डुङ, जमानसिं वाईबा, चित्रबहादुर थापा, रामचन्द्र थिङ, रत्नबहादुर गोले, शान्ताकुमारी विक, सूर्यबहादुर रुम्बा पनि महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।
मकवानपुर कांग्रेसका सभापति बानियाँ सभापति शेरबहादुर देउवा निकटका हुन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया