तरुण दलको कारबाहीमा परेका शाहीको कम्युनिस्ट खुसी हुने प्रस्ताव

काठमाडौं । उट्पट्या हर्कतका कारण नेपाल तरुण दलको महासचिवबाट कारबाहीमा परेरका भुपेन्द्रजंग शाहीले १४औँ महाधिवेशनका बेला कम्युनिस्टको जस्तो प्रस्ताव ल्याएर जग हँसाएका छन् ।

कांग्रेसको आमूल रुपान्तरणको लागि युवा नेता शाहीको ३० बुँदे प्रस्ताव भनेर मेलमा पठाइएको सो प्रस्तावको २८औँ नम्बरमा शाहीले कम्युनिस्टले जस्तै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गरेका छन् ।

‘नेपालको राजनीतिमा देखिएको सधैंको अस्थिरताको अन्त्य गर्न जरुरी छ’, शाहीको प्रस्तावमा भनिएको छ, ‘स्थिर सरकार र विकासको लागि संसदीय व्यवस्थाअन्तर्गत नै कार्याकारी प्रधानमन्त्रीको निर्वाचन चारवर्षको लागि जनताबाट प्रत्यक्ष निर्वाचित हुने ।’

कम्युनिस्टले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको माग गर्दै आएका छन् । शाहीको प्रस्तावहरूले कम्युनिस्टहरू खुसीले गदगद भएका छन् ।

संसदीय व्यवस्था कांग्रेसको मूल मर्म हो । संसदीय व्यवस्थालाई नै असर पर्ने गरेर शाहीले उट्पट्याङ प्रस्ताव ल्याएपछि कांग्रेसका नेता कार्यकर्ता हास्न थालेका छन् ।

शाहीले भनेका छन्, ‘सांसदले सेरोमोनियल राष्ट्रपतिको निर्वाचन गर्ने, राष्ट्रियसभालाई समावेशी र समानुपातिक बनाउने र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्दछ ।’

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान चलाउँदै गर्दा शाहीले जागरण अभियानको औचित्य छैन भनेर समाचार लेखाएका थिए । त्यसपछि शाहीका दिन ओरालो लाग्न शुरु भएका थिए ।

शाहीले गुटको अन्त्यको कुरा आफ्नो प्रस्तावमा भनेका छन् । तर, उनले आफ्ना अन्तर्वार्ता र समाचारहरूमा टिमले दिने जिम्मेवारीअनुसार काम गर्ने भनेका छन् । शाहीले कांग्रेसका कार्यकर्तालाई पंगु बनाउने हर्कत गरेका छन् ।

Published : Tuesday, 2021 November 23, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया