सबैभन्दा धेरै मतसहित तरुण अध्यक्ष बस्नेत निर्वाचित, केन्द्रमा उम्मेदवार बन्ने बाटो खुल्यो

जावलाखेल । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सोमबार ललितपुको क्षेत्र नं. ३ मा भएको क्षेत्रीय अधिवेशनबाट अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

बस्नेतले खुलातर्फ उम्मेदवारी दिएका थिए । उनले २७८ मत पाएका छन् । ३९९ मत रहेको क्षेत्र नं. ३ मा २७८ मत ल्याएर जितेपछि बस्नेतले सबै मतदाताहरूलाई धन्यावाद दिएका छन् ।

तरुण अध्यक्ष बस्नेतले १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै बस्नेतलाई केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न बाटो खुलेको छ ।

Published : Tuesday, 2021 November 23, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया