कांग्रेसमा यी युवा नेतृको यसरी फर्कियो भाग्य

सोलुखुम्ब । नेपाली कांग्रेस सोलुखुम्बुको अधिवेशनमा पूजा फुँयाल महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् ।

गोलाप्रथामार्फत पूजा महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् ।

पूजाले महिलातर्फ खस आर्यबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी थिइन् ।

पूजासँग टंकीमाया बस्नेतले पनि उम्मेदवारी दिएकी थिइन् । पूजा र टंकमायाले ४०३/४०३ मत ल्याएपछि गोलाप्रथामार्फत नतिजा सार्वजनिक गरिएको हो । गोलाप्रथामा पूजाले बाजी मारेकी हुन् ।

पूजा नेचासल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा निर्वाचित भएकी थिइन् । उनी २१ वर्षकी मात्रै भएकी छिन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्य समेत भएकी थिइन् ।

Published : Monday, 2021 November 22, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया