कम्युनिस्ट ‘किल्ला’ बाग्लुङमा प्रदेश सभा क्षेत्रहरूमा कांग्रेसका को–को बने सभापति ?

बाग्लुङ । नेपाली कांग्रेसको बागलुङ क्षेत्र नम्बर १ प्रदेश ‘ख’को सभापतिमा दलबहादुर श्रीस राना विजयी भएका छन् ।

रानासँग सभापतिमा धनबहादुर शाही पराजित भएका हुन् । सभापतिमा निर्वाचित राना रामचन्द्र पौडेल– शशांक कोइराला समूह निकटका हुन् ।

उप–सभापतिमा टेकनारायण शर्मा र रुद्रहरि शर्मा निर्वाचित भएका छन् । सचिवमा बालकृष्ण शर्मा र लक्ष्मीप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

सह–सचिवमा ओमबहादुर क्षेत्री र विशन शर्मामा निर्वाचित भएका छन् । प्रदेश महाधिवेशन प्रतिनिधि खुल्लातर्फ इन्द्रराज पौडेल, ईश्वर ठाकुर पौडेल, कमलराज सापकोटा, प्रभाकर पौडेल, मोतीराम गौतम, लक्ष्मीकान्त शर्मा र सुमन भुषाल निर्वाचित भएका छन् ।

खुल्ला महिलातर्फ उषा पौडेल र कमलादेवी शर्मा निर्वाचित भएका छन् । खस/आर्य पुरुषतर्फ प्रेम सापकोटा र श्रीकृष्ण पौडेल, आदिवादी/जनजाती लेखबहादुर थापा, आरक्षण जनजाति महिलाबाट माया थापा निर्वाचित भएकी छिन् । दलितबाट महाधिवेशन प्रतिनिधिमा केन्द्रबहादुर सुनार सर्वसम्मत निर्वाचित भएका छन् ।

अल्पसंख्यक, मुस्लिम तथा अपांग कोटाबाट निलप्रसाद शर्मा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

बागलुङ क्षेत्र नं. १ ‘क’को सभापतिमा हरिबहादुर जिसी ‘सन्तोष’ निर्वाचित भएका छन् ।

जिसीसँग ज्ञामनाथ कँडेल सभापतिमा पराजित भएका हुन् । सभापतिमा निर्वाचित जिसी सभापति शेरबहादुर देउवा निकटका हुन् । जिसीको प्यानल नै निर्वाचित भएको छ ।

उप–सभापतिमा ओमबहादुर थापा र हरिबहादुर कार्की निर्वाचित भएका छन् । सचिवमा माधवप्रसाद उपाध्याय र सूर्यप्रसाद कँडेले वियजी भएका छन् ।

सह–सचिवमा लालबहादुर सुनार र हीराबहादुर थापा निर्वाचित भएका छन् ।

प्रत्यक्ष महिलातर्फको प्रदेश महाधिवेशन प्रतिनिधिमा गंगाकुमारी थापा, निर्मला जिसी पन्त, साबित्री खड्का निर्वाचित भएका छन् ।

खुल्लातर्फ अम्मरबहादुर कार्की, खिमानन्द कँडेल, प्रकाश राना, प्रमानन्द कँडेल, भुवानीप्रसाद कँडेल, भूमिश्वर शर्मा गौतम र मनबहादुर थापा ‘मनीष’ निर्वाचित भएका छन् ।

महिला खस/आर्यतर्फ उषा सापकोटा, खस/आर्यतर्फ नरेश कँडेल र सुजन सापकोटा निर्वाचित भएका छन् ।

आदिवासी जनजातिबाट इन्द्रबहादुर पुन, दलितबाट नरबहादुर किसान र मुस्लिम, अपाङ्ग/अल्पसंख्यकबाट गंगाप्रसाद कँडेल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

बागलुङ क्षेत्र नं. २ ‘ख’को सभापतिमा मेषलाल शर्मा निर्वाचित भएका छन् । शर्मासँग खगेन्द्रमान पुन पराजित भएका छन् ।

उप–सभापतिमा इन्द्रबहादुर मल्ल र हिमाल विक विजयी भएका छन् ।

सचिवमा हेमबहादुर बुढा र हेमराज जैसी निर्विरोध चयन भएका छन् । सह–सचिवमा ध्रुव शेरचन र सुरजकुमार अदै निर्वाचित भएका छन् ।

प्रदेश प्रतिनिधि खस आर्यबाट धनराम पुरी, आदीवासी जनजातीतर्फ पुनीकला घर्ती मगर, दलित महिलातर्फ इन्द्रकुमारी सिर्पाली निर्विरोध निर्वाचित भएका छन् ।

बागलुङ निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा ‘क’को सभापतिमा तिलक घर्ती मगर निर्विरोध भएका छन् ।

उप–सभापतिमा ताराखोलाका कलाधर सुवेदी, बडिगाडका हरिचन्द्र खत्री र सचिवमा टीकाराम पुन काउचा र वीरबहादुर बोहरा, सह–सचिवमा हरिदत्त गौतम र राज थापा क्षेत्री निर्बिरोध भएका छन् ।

बाग्लुङ जिल्लामा कम्युनिस्टको दब्दबा रहेको छ । कम्युनिस्टको किल्ला तोड्न सुरु गरेको कांग्रेसले अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर संगठन गर्नेछ ।

Published : Monday, 2021 November 22, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया