देउवा र कोइरालाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेखरबहादुर देउवासँग महामन्त्री शशांक कोइरालाले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार देउवा र कोइरालाबीच १४औँ महाधिवेशनका विषयमा कुराकानी भएको हो ।
सर्लाही, रौतहटसहितका विवादित जिल्लाहरूमा कसरी अधिवेशन गर्ने विषयमा पनि देउवा र कोइरालाबीच कुराकानी भएको जनाइएको छ ।
सभापति देउवालाई भेट्न महामन्त्री कोइराला रक्षामन्त्री समेत रहेका नेता मीनेन्द्र रिजाललाई लिएर गएका थिए ।
कांग्रेसको अधिवेशनहरू धमाधम चलिरहेका छन् । छिटफुट घटना बाहेक अधिकांश जिल्लामा सौहार्दपूर्ण वातावरणमा अधिवेशन भएका छन् ।
नेता रामचन्द्र पौडेल र शेखर कोइरालाले उट्पट्याङ हर्कतहरू गरिरहेका बेला सभापति देउवाले महामन्त्री कोइरालासँग भेट गरेर अधिवेशनलाई सफल बनाउने विषयमा चिन्ता जनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया