गृहमन्त्री खाण र लुबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ ।
गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको निजी सचिवालयले जनाएको छ ।
कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पु¥याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।
भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी थिए ।
नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । उनी दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका थिए ।
गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका छन् ।
उनले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनःस्थापनामा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइँमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया