यी आठ जना डीएसपीहरूको एसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि बढुवा समितिले सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस हुने डीएसपीहरूमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् ।

केही दिन अगाडि प्रहरी मुख्यालयले ८ जना एसपीहरूको एसएसपीमा बढुवा गरेको थियो ।

Published : Friday, 2021 November 19, 9:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया