मुगुमा कांग्रेसको कार्यले कम्युनिस्टहरू मुर्छित, शाही जनताको साथी बने

मुगु । मुगु जिल्लाका अग्निपीडितलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही आफै राहत वितरण गरेका छन् ।

मंगलबार मुख्यमन्त्री शाहीले मुगुमा राहत वितरण गरेका हुन् । उनी नेपाली सेनाको हेलिकप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर मुगु पुगेका हुन् ।

मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलगायत रहेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान कम्बल, स्वीटर, ज्याकेट, २१ थान त्रिपालसहित प्रदेश सरकारको टोली मुगु पुगेको हो ।

मंगलबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायत सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको प्रवक्ता खडकाले बताए ।

कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घरसहित करोडौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो ।

झण्डै दुईतिहाइको बहुमत पाएका कम्युनिस्टहरूले जनतालाई भन्दा पनि आफ्नो स्वार्थमा हर्कत गरिरहेका बेला नेपाली कांग्रेसका नेता समेत रहेका मुख्यमन्त्री शाहीले मुगुका अग्निपीडितलाई राहत वितरण गरेर जनताको आवाज सुनेका छन् ।

Published : Wednesday, 2021 November 17, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया