देउखुरीमा माओवादी मन्त्रीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
लमही । दाङको देउखुरीमा माओवादी केन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका दुई जना पनि छन् ।
सोमबार राजपुर गाउँपालिका–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा झण्डै एक सय स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा खपरभठ्ठी, नौसहरा र सालभौँरीका स्थानीय रहेको कार्यक्रममा जानकारी दिइएको छ ।
माओवादी छाडेकी लीलासरी घर्ती मगर र देफला कामीको नेतृत्वमा झण्डै एक सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
लीलासरी र देफला दुबै जना वडा सदस्यका उम्मेदवार हुन् ।
कांग्रेस प्रवेश गरेकी नेतृ लीलासरी घर्ती मगरले छिल्लो समय नेपाली कांग्रेसको सिद्धान्त आफूलाई मन परेका कारण माओवादी केन्द्रलाई परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले माओवादी भनेका आश्वासन मात्र बाड्ने तर काम नगर्ने ढोँगी कम्युनिस्ट भएको बताइन् ।
दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, नेताहरू जानकिलाल बस्नेत, कर्णबहादुर बुढाथोकी, गिरिजादेवी न्यौपानेले नवप्रवेशीहरूलाई कांग्रेसमा स्वागत गरेका थिए ।
कार्यक्रममा नेताहरू लोकराज केसी, धनपतीदेवी यादब, दिनेश गिरी, पार्वती थापा, पवन यादब, दिकपाल योगी, ताराप्रसाद नेपाली, यादब योगी, घनश्याम सुबेदी, सन्तकुमार चौधरी, नरेन्द्रसिंह भण्डारी, लालबीर खड्का लगायतको उपस्थित रहेको थियो ।
देउखुरी उपत्यकाको गोबरडिहवा गाउँपालिका घर भएका माओवादी केन्द्रका लुम्बिनी प्रदेशका सांसद इन्द्रजित चौधरी मन्त्री छन् ।
माओवादीकै सांसद प्रदेश मन्त्री बनेका बेला माओवादीका नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि माओवादीका नेता एवम् लुम्बिनी प्रदेशका मन्त्री चौधरी तनाबमा परेका छन् ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया