खतिवडाले कम्युनिस्टहरूलाई नाङ्गेझार बनाए, पानीपानी भए एमाले–माओवादी
विलन्दु । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले दुईतिहाइ बहुमत पाउँदा पनि शासन चलाउन सक्दैनन् भन्ने कुरा पुष्टि भएको बताएका छन् ।
ओखलढुंगा जिल्लाको विलन्दुमा शुक्रबार आयोजित पार्टीका नेता कार्यकर्तासँगको भेटवार्तामा खतिवडाले शासन चलाउन नसकेर कांग्रेसलाई कम्युनिस्टहरूले सत्ता सुम्पिएको बताए ।
‘दुईतिहाइबाट शासन गर्न नसकेर आफैले विघटन गरेर फेरि जनतामा भोट देउ है भनेर आउने बेलामा हामीले कांग्रेसको महाधिवेशन गर्दै छौँ’, नेता खतिवडाले भनेका छन् ।
‘कांग्रेसको अधिवेशनमा कांग्रेसको नेतृत्वको आवश्यक्ता छ । दोस्रो भएको पार्टीलाई पहिलो बनाउनु छ’, उनले भने, ‘ओखलढुंगा र देशभरि नै कांग्रेसलाई जिताउनुछ ।’
‘कम्युनिस्टले जित्दा शासन गर्न सक्दैनन् भन्ने कुरा केपी ओलीले तीन वर्ष शासन गर्दा देख्नुभयो’, खतिवडाले भने, ‘जनताले दुईतिहाइ दिएर जिताएर पठाए । पार्टी पनि फुटाए आफू पनि फुटे ।’
‘विकास त कुरै छोड्नुस् । भाषण मात्रै गरे’, उनले भने, ‘पानीजहाज, घरघरमा ग्यास, रेलहरू कान फुट्ने गरि भने केही काम गरेनन् ।’
नेता खतिवडाले ओखलढुंगा कांग्रेसमा आफ्नो समूहबाट सभापतिका उम्मेदवार तेजेन्द्र खनाललाई भोट मागेका छन् । उनले तेजेन्द्रले कांग्रेसका लागि धेरै काम गरेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया