सर्लाहीमा कांग्रेसको अधिवेशन गराउन आएका निर्वाचन अधिकृत ‘फरार’

मलंगवा । सर्लाही जिल्लामा नेपाली कांग्रेसको अधिवेशन गराउन आएका निर्वाचन अधिकृतले राजीनामा दिएपछि लफडा भएको छ ।

निर्वाचन अधिवेकत विनोद कार्कीको राजीनामासँग सर्लाही जिल्लाको अधिवेशन अनिश्चित भएको छ ।

सर्लाहीमा अधिवेशन गराउने वातावरण नभएको भन्दै कार्कीले शुक्रबार राजीनामा दिएका हुन् ।

सर्लाहीमा शनिबार वडा अधिवेशन हुँदैछ । अधिवेशनको अघिल्लो दिन निर्वाचन अधिकृतले राजीनामा दिएपछि अधिवेशन प्रक्रिया अन्यौलमा परेको छ ।

निर्वाचन अधिकृतलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै जिल्लाका नेताहरू छलफलमा जुटेका छन् ।

सर्लाही जिल्लामा क्रियाशील सदस्यताको विवाद मिले पनि जिल्ला नेताहरूले असन्तुष्टि जनाएका छन् । सोही कारण सर्लाहीमा लफडा चल्दै आएको छ ।

Published : Friday, 2021 November 12, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया