सिंहको पावरफुल निर्णयले पौडेल–कोइराला गुटभित्र खैलाबैला, अपमानको बदला लिने
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहबीच खटपट भएको छ ।
नेता पौडेलले शुक्रबार आफू निकटका कन्द्रीय सदस्यहरूको गुटको भेला काठमाडौंमा बोलाएपछि विवाद बाहिर आएको हो । पौडेल–कोइराला समूहले बोलाएको गुटका भेलामा नजाने सन्देश सिंहले पठाएका छन् ।
नेता सिंहका सहयोगी युपी लामिछानेलाई उदृत गर्दै केही सञ्चारमाध्यमहरूले पौडेल–कोइराला समूहको भेलामा नजाने समाचार सम्प्रेषण भएका छन् । यी समाचारले पौडेल–कोइराला समूहलाई १४औँ महाधिवेशनमा धक्का लाग्ने संकेत देखिएको छ ।
सभापतिका लागि नेता सिंहले उम्मेदवारी दिने जनाइसकेका छन् । पौडेल पनि सभापतिका आकांक्षी हुन् । महामन्त्री कोइरालाले पनि नवलपुर जिल्लाबाट सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
गुटका भेलामा १४औँ महाधिवेशनका विषयमा विषयमा छलफल हुने बताइएको छ । नेता पौडेल राजनीतिक उच्चस्तरीय संयन्त्रको संयोजकमा बसेपछि यो गुटभित्र विवाद खडा भएको छ ।
नेता सिंहले खुलेरै सार्वजनिक रुपमा संयन्त्रयको विरोध गरेर खारेजीको माग गरिसकेका छन् । सिंहले संयन्त्रले सरकारको कामकारबाहीमा असहयोग हुने र संविधानले पनि नचिन्नेभन्दै विरोध गरेका हुन् ।
कोइराला परिवारका कारण गणेशमान सिंहले कांग्रेस छाडेर बस्नु परेको थियो । गिरिजाप्रसाद कोइराला सभापति भएका बेला सबैभन्दा तनाब र समस्या नेता सिंहले काठमाडौंको सभापति बनेका बेला लिनुपरेको थियो । नेता सिंहले पौडेल–कोइराला समूहको गुटको भेला र बैठक बहिस्कार गरेर आफ्नो बुबा गणेशमान सिंहमाथि भएको अपमानको बदला लिएका छन् ।
कोइराला समूहभित्रै उत्पात गर्दै आएका शेखर कोइराला पनि सभापतिको उम्मेदवार हुन् । सभापति शेरबहादुर देउवा, कांग्रेस नेतृत्वको सरकारको आलोचना गरेर विरोधीहरूलाई खुसी पार्दै आएका शेखरले सभापतिमा कुनै पनि हालतमा उम्मेदवारी दिने जनाउने गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया