विप्लवको ‘ग्याङ’द्वारा नेपाल बन्द आह्वान, प्रतिकार गर्न आह्वान

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’को दर्ता नभएको पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ले नेपाल बन्दको आह्वान गरेर कम्युनिस्टको ‘औकात’ देखाएको छ ।

लामो समयदेखि नेपाल बन्द भएको थिएन । तर, विप्लवको ‘ग्याङ’ले कात्तिक ३० गते नेपाल बन्दको कार्यक्रम राखेर जनतामा आतंक उत्पन्न गराएको छ ।

मूल्य वृद्धिको विप्लवको पार्टीले मात्रै होइन सबैले बिरोध गरेका छन् । बिरोधको शैली शान्तिपूर्ण र कसैलाई असर पर्ने हुनु हुँदैन । तर, कम्युनिस्टको औकात देखाउन विप्लवको ग्याङले बन्दको कार्यक्रम राखेको भन्दै विरोध भएको छ ।

सामाजिक सञ्जालमा विप्लवको बन्दको विरोध भएको छ । विप्लवको नेपाल बन्दको प्रतिकार गर्न आह्वान गरिएको छ ।

विप्लव समूहले कात्तिक २५ गते दिउसो ३ बजे देशब्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ ।

२६ गते प्रचार–प्रसार र साँझ देशब्यापी मसाल जुलुस गर्ने, २७ गते देशब्यापी प्रदर्शन गर्ने (दिउँसो १ बजेदेखि २ बजेसम्म एक घण्टा), २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम, २९ गते दिउँसो सिठ्ठी जुलुस (साँझ मसाल जुलुस) र ३० गते नेपाल बन्दको कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2021 November 11, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया