शेखरले ओलीकै जस्तो अहँकार देखाउँदा कार्यकर्ताको शिर निहुरियो, एकछिन बोल्नै सकेनन्
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नै पार्टीको सरकारलाई एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको शैलीमा ‘परमादेश’को सरकार भनेर टिप्पणी गरेका छन् ।
हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ नामक कार्यक्रममा अन्तर्वार्ताका कोइरालाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘परमादेश’बाट बनेको सरकार भनेर आलोचना गरेका हुन् । कोइरालाले कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काम गर्न नसक्ने बताएका छन् ।
ओलीको अहँकारले गर्दा झण्डै दुईतिहाइको सरकार ढलेर विपक्षमा पुगेको छ । तत्कालीन नेकपा र एमाले भन्ने दुई वटा पार्टी विभाजन भइसकेका छन् ।
कांग्रेस नेता कोइरालाले पनि ओलीको जस्तै शैलीमा अहँकार देखाउन थालेको चर्चा हुन थालेको छ । आफ्नै पार्टीको सरकारलाई ओलीकै शैलीमा कोइरालाले परमादेशबाट बनेको भनेर आलोचना गरेपछि कांग्रेसका नेता कार्यकर्ताको मन दुखेको छ ।
सभापति देउवाविरुद्ध व्यक्तिगत रुपमा आलोचना गर्दै आएका कोइरालाले देशमा शान्ति सुरक्षा समेत बिग्रिएको बताएका छन् । अहिलेको सरकारबाट जनताले कुनै पनि अपेक्षा नलिएको उनले बताएका छन् ।
कोइराला परिवारको सदस्य भएकै कारण आफूलाई फाइदा पुगेको नेता कोइरालाले स्वीकार गरेका छन् । उनले आफू जेलनेलमा नपरे पनि शरुवाती दिनमा कलेज पढ्दा महेन्द्र मोरङ क्याम्पसबाट एक पटक जेलमा परेको बताएका छन् ।
अन्तर्वार्ताका क्रममा तपाई आन्दोलनमा सहभागी नभएको, प्रहरीको लठ्ठी खानुभएन, सडकमा आन्दोलन गर्नु भएन नि ? भनेर सोधिएको प्रश्नमा कोइरालाले जवाफ दिन नसकेर एकछिन चुपचाप लागेर बसेका थिए ।
जनताका छोराछोरी प्रजातन्त्रका लागि आन्दोलन गरिरहेका बेला कोइराला जागिर खाइरहेका थिए । गिरिजाप्रसाद कोइरालाले शेखरलाई कांग्रेसको राजनीतिमा जबरजस्ती छिराएका थिए ।
१४औँ महाधिवेशनबाट सभापति बन्ने बताएका कोइरालाले देउवालाई सभापतिमा पराजित गर्ने बताउने गरेका छन् । अन्तर्वार्ताका क्रममा कोइरालाले देउवाको आलोचना गरेका थिए ।
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कांग्रेसको सभापति बनेका बेला शेखरले आफ्ना विरोधी नेताहरूलाई त्यस बेला ठेगान लगाएका आरोप छ । अहिले शेखरले कोइराला परिवारको हातबाट विरासत खुस्किएको आक्रोेशमा देउवाविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप छ ।
देउवाले नै कोइराला परिवारबाट कांग्रेसको नेतृत्व खोसेर ल्याएका थिए । कोइराला परिवारकै कारण गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितका नेताहरूले कांग्रेस छाड्नु परेको थियो ।
कोइराला परिवारले नै खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, विजयकुमार गच्छदार, जेपी गुप्तालगायतका नेताहरूविरुद्ध अभियान चलाएको आरोप छ । गच्छदार बाहेक अरु नेताहरूको राजनीति कोइराला परिवारले नै समाप्त पारिदिएको आरोप छ ।
गच्छदारले कांग्रेस छाडेर नयाँ दल खोलेका कारण उनको राजनीति अहिलेसम्म बचेको छ । गच्छदार कांग्रेसमा पुनः फर्किएर काम गरिरहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया