राष्ट्रिय अधिवेशनका नाममा एमालेले कार्यकर्तालाई ‘डस्ने’

काठमाडौं । अध्यक्ष खड्गप्रसाद ओलीको हर्कत र निरंकुशताले सत्ताबाट च्युत भएको एमालेले १०औँ राष्ट्रिय अधिवेशनमा पार्टीका सबै सदस्यहरूबाट लेबी उठाउने निर्णय गरेको छ ।

एमालेको यो निर्णयले देशभरिका कार्यकर्ताहरू चकित परेका छन् । एमालेका नेताहरू काठमाडौं उपत्यकामा ठूला महल खडा गरेर श्रीमतिका नाममा राखेर महँगा गाडी चढ्ने गर्छन् । अधिवेशनका नाममा कार्यकर्तासँग रकम असुल्ने निर्णय गरेपछि एमालेभित्र खैलाबैला भएको छ ।

एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ । बुधबार काठमाडौंमा बसेको एमालेको १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रत्येक पार्टी सदस्यबाट कम्तिमा रु. १ सयका दरले संकलन गर्ने निर्णय गरेको छ ।

रकम पार्टी सदस्यहरूले अनलाइनमार्फत पार्टीको खातामा जम्मा गर्नुपर्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

देशभर एमालेका संगठित सदस्य ७ लाख २० हजार रहेका छन् । ती सदस्यबाट एक सयका दरले उठाउँदा ७ करोड २० लाख रकम जम्मा हुनेछ ।

बुधबारको बैठकमा विभिन्न उपसमितिहरूले पेश गरेका प्रतिवेदन र कार्ययोजनामाथि छलफल गर्दै परिमार्जनसहित पारित गरेको छ ।

चितवनको नारायणी किनारमा अध्यक्ष केपी ओलीले मंसिर १० गते १२ बजे उद्घाटन गर्ने एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवन र आसपासका जिल्लाबाट व्यापक जनपरिचालन गर्ने एमालेले जनाएको छ ।

महाधिवेशन उद्घाटन सत्रमा कम्तिमा ५ लाखको जनसहभागिता जुटाउने एमालेले जनाएको छ ।

महाधिवेशनमा विदेशी ६२ मुलुकका राजनीतिक पार्टीलाई अतिथिका रुपमा बोलाउने एमालेले जनाएको छ । उनीहरुलाई निमन्त्रणा पठाइसकेको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिएका छन् ।

एमालेले कात्तिक २७ गते देशभरिका १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्नेछ ।

उनीहरूको विवरण ३० गतेभित्र केन्द्रमा उपलव्ध गर्न एमालेले निर्देशन दिएको छ ।

एमाले महाधिवेशनको बन्द सत्र सौराहामा गर्ने तयारी गरेको एमालेले सोही आसपासका होटलमा प्रतिनिधिहरूलाई आवासको व्यवस्था मिलाएको छ ।

एमालेका अधिकांश केन्द्रीय नेताहरू चढ्ने गाडी एक करोडभन्दा धेरै मूल्य पर्नेछन् । घर पनि कम्युनिस्ट नेता बस्ने जस्तो छैनन् । अध्यक्ष ओलीकै घर भव्य महल छ ।

कथित सुकुम्बासी नेताका नामले चिनिएका विष्णु पौडेलेको घर पनि भव्य महल छ । शंकर पोखरेलको घर पनि कोटेश्वरमा भब्य छ । अधिकांश नेताहरू श्रीमतिका नाममा घर जग्गा राखेका छन् ।

Published : Wednesday, 2021 November 10, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया