ओलीको घमण्ड तोडेर जितेका कांग्रेसका मन्त्रीलाई भक्तपुरमा सम्मान
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेललाई बधाई तथा सम्मान गरेको छ ।
सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, नेपाल तरुण दलका अध्यक्ष राजु थापासहितका नेताहरूले मन्त्री भँडेललाई बधाई तथा शुभकामना दिएका हुन् । सभापति थापाले जनताको सेवामा लाग्न मन्त्री भँडेललाई सुझाव दिएका छन् ।
कांग्रेसका नेता एवम् प्रदेश सरकारका मन्त्री भँडेलले भक्तपुरका जनताको विश्वासलाई गुम्न नदिने बताएका छन् । भक्तपुर मात्र नभइ समग्र बागमती प्रदेशको विकासमा आफ्नो योगदान रहने उनले बताएका छन् ।
प्रदेश सभाको उप–निर्वाचनमा कांग्रेसका नेता भँडेलले एमालेका उम्मेदवारलाई पराजित गरेर निर्वाचित भएका थिए । उप–निर्वाचन अगाडि एमाले निर्वाचित थियो ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भक्तपुरमा प्रदेश सभाको उप–निर्वाचन बचाउन सकेनन् । ओलीबाट भँडेलले प्रदेश सांसद खोसेर ल्याएका थिए ।
भँडेललाई जिताउन सभापति थापासहितका भक्तपुर कांग्रेसका नेताहरूको ठूलो योगदान छ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया