सह–महामन्त्री डा.महत टोखा–३ कांग्रेसको कार्यक्रममा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले तिहार, नेपाल सम्वत र छठका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर शुभकामना दिएका छन् ।

काठमाडौंको क्षेत्र नं. ५ अन्तर्गत नेपाली कांग्रेस टोखा नगरपालिका वडा नं. ३ द्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुभकामना प्रदान गरेका हुन् । उनले शुभकामना दिँदै आगामी निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् ।

कांग्रेसका नेता कार्यकर्ताहरू एकजुट भएर निर्वाचनमा जाने हो भने कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने डा.महतले बताएका छन् । उनले १४औँ महाधिवेशन पनि समयमा हुने बताएकाा छन् ।

सह–महामन्त्री डा.महतले कांग्रेसको संगठन निर्माणमा ध्यान पनि आग्रह गरेका छन् । उनले कांग्रेसलाई जनताले खोज्न थालेको भन्दै कम्युनिस्टको झुठको कुराले सबैलाई दिक्क बनाएको बताए ।

Published : Monday, 2021 November 1, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया