धोबी–कुर्मीको मृत्युबारे यस्तो आयो प्रतिवेदन, कारबाही गर्न खाणको दिर्नेशन
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणलाई नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु/घटना सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
आइतबार गृह मन्त्रालयका सह–सचिव हीरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले बाँकेमा कुर्मी र धोबीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयमा खाणलाई प्रतिवेदन बुझाएको हो ।
छानबिन प्रतिवेदन बुझ्दै कार्यवाहक प्रधानमन्त्री खाणले छानबिनबाट निकालिएको निष्कर्ष कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने बताएका छन् ।
समितिले प्रतिवेदनमा बाँकेको जानकी गाउँपालिका–२ नेवाजीकी नकुन्नी धोबीको घटनामा जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी भन्ने लक्षीराम धोबीउपर जाहेरी दिएको उल्लेख छ ।
जाहेरीपछि अनुसन्धान भएर दुवै अभियुक्तउपर बाँके जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोग पत्रमा पेस गरी गत भदौ १९ गतेको आदेशबाट अभियुक्तहरू पुर्पक्षका लागि कारागारमा थुनामा रहेको र हाल मुद्दा विचाराधिन रहेको उल्लेख छ ।
हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ र साविक परस्पुर गाउँ विकास समिति वडा नम्बर ९ निवासी निर्मला कुर्मीलाई छानबिन समितिले चार बिगाह १० कठ्ठा जग्गा हडप्ने नियतले भएको उल्लेख गरेको छ ।
श्रीमान महलु कुर्मीको २०६२ सालमा मृत्यु भएपछि निर्मला दुई छोराहरूसँग बस्दै आएकी थिइन् ।
दुई छोराको २०६६ मंसिरमा १० दिनमा फरकमा स्वास्थ्यमा अचानक समस्या आएर उपचारका क्रममा मृत्यु भएपछि निर्मलाका श्रीमान स्वर्गीय महलु र जेठा छोरा रामसागरको नाममा रहेको घरजग्गाको लालपूर्जा र नागरिकता बादशाह कुर्मीले जिम्मा लिएपछि घरजग्गा खानका लागि लालपूर्जा खोसेर लगेको भन्दै बादशाह कुर्मी इतरकाले चर्को विरोध र धर्ना गरेको प्रतिवेदनमा उल्लेख छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया