कांग्रेसद्वारा पोखरामा एमालेको हर्कतको भण्डाफोर, लाजश्रम नभएका कम्युनिस्टहरू नाङ्गिए
पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकामा निर्वाचित ११ जना वडाध्यक्षले कार्यपालिकाले गरेका निर्णयहरू सार्वजनिक हुँदा फेरबदल हुने गरेकोप्रति आपत्ति जनाएका छन् ।
पोखरा महानगरपालिकाका वडाध्यक्षहरूको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता तथा सचेतक रामराज लामिछानेले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका हुन् ।
कार्यपालिकाको ५२औं बैठकमा आफूहरू उपस्थित भएपनि हस्ताक्षर नगरेको स्पष्ट पारिएको छ ।
यसअघिका बैठकमा भएका निर्णयहरूमा पनि फेरबदल भएर आएको भन्दै कांग्रेसका वडाध्यक्षहरूले आपत्ति जनाएका छन् ।
बैंठकबाट निर्णय भई बनेका समितिहरूमा पनि आफूहरूको संलग्नता नरहेको कांग्रेसका वडाध्यक्षहरूले स्पष्ट पारेका छन् ।
नवौं नगरसभामा भएका निर्णयहरू महानगरपालिकाका प्रमुखबाट हालसम्म पनि प्रमाणीकरण नभएको भन्दै ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
महानगरपालिकाको नवौं नगरसभाको समयमा २०७८ असार १० गते बिहान ८ बजे प्रमुखको उपस्थितिमा बसेको बैंठकले कर्मचारीको विषयमा भएका सहमति तुरुन्त कार्यान्वयन गर्न माग गरिएको छ ।
पोखरा महानगरपालिकाको मेयर र उप–मेयरमा एमालेले जितेको छ । एमालेले पोखरा महानगरपालिकाभित्र कम्युनिस्टकरण गरेर योजनाहरूमा अनियमितता गरेपछि कांग्रेसले खबरदारी गर्दै आएको छ ।
कांग्रेसका वडाध्यक्षहरूले पोखरा महानगरपालिकामा एमालेले गरेको हर्कतको भण्डाफोर गर्दै कम्युनिस्टहरूलाई नङ्ग्याइदिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया