हामी आफै मिल्यौं भने कांग्रेसलाई कसैले हराउन सक्दैन : सभापति थापा

सूर्यविनायक । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेसलाई आगामी निर्वाचनमा जिताउनुपर्ने बताएका छन् ।

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ को पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कांग्रेसको भविष्य उज्जवल देखेका बताएका छन् ।

‘हामी मिल्यौँ भने कांग्रेसलाई कसैले हराउन सक्दैन’, उनले भने, ‘कम्युनिस्टको सबै कुरा देखियो । दुईतिहाइ बहुमत पाउँदा पनि मुलुक चलाउन सकेनन् । कांग्रेसलाई तीन वर्षमा नै गुहार्नु परेको छ ।’

नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले १४औँ महाधिवेशनलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए । उनले कम्युनिस्टको गल्तीलाई कांग्रेसको सरकारले दोहो¥याउन नहुने हुने बताए ।

कार्यक्रममा नगर सभापति निशान ढुंगेल, नगर सदस्य विजय केसी, नेपाल तरुण दलको नगर वडा कार्यसमितिका अध्यक्ष भगवान खत्रीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कांग्रेसले पार्टीका जेष्ठ सदस्यहरूलाई सम्मान र अभिनन्दन गरेको थियो ।

Published : Saturday, 2021 October 30, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया