किसानसँग गरेको प्रतिवद्धता देउवाद्वारा पूरा, राजदूतमा तीन जना सिफारिस
काठमाडौं । सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको सम्बन्धमा कृषकहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको नियमित बैठकले किसानलाई क्षतिको विवरण हेरेर साना किसानलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
पूर्ण रुपमा क्षति भएकाको हकमा साना किसान (बढीमा १० कठ्ठासम्म वा सो बराबर जग्गा भएका)लाई क्षतिको अधिकतम ६५ प्रतिशत क्षतिपूर्ति दिइनेछ ।
मध्यम किसान (१० कठ्ठादेखि ३ बिघासम्म वा सो बराबर जग्गा भएका)लाई क्षतिको अधिकतम ३० प्रतिशत र ठूला किसान (३ बिघाभन्दा बढी) र आंशिक क्षति भएकालाई अधिकतम २० प्रतिशत राहत स्वरुप नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले तीन देशका लागि नेपाली राजदूतहरूको नाम सिफारिस गरेको छ । भारत, बेलायत र अमेरिकाका लागि नेपाली राजदूतको नाम सिफारिस गरेको हो ।
भारतका लागि नेपाली राजदूतमा डा.शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्राध्यापक श्रीधर खत्रीलाई नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिएका छन् ।
महालेखा परीक्षकको कार्यालयबाट रिक्त दुई उप–महालेखा परीक्षक राजपत्राङ्कित विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय समेत बैठकले गरेको छ ।
सरकारले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिएको छ ।
नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय समेत गरेको कार्कीले बताएका छन् ।
ग्लोबल कोल्ड टू क्लिन पावर ट्रान्ज्याक्सनसम्बन्धि वक्तव्यमा सहमति जनाई हस्ताक्षर गर्न सहमति दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सरकारले मरिन डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि बन क्षेत्र प्रयोग गर्न अनुमति पनि दिएको छ ।
दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकुल योजना २०२१–२०५० र नेशनल फ्रेमवर्क अन क्लाइमेट चेन्ज इन्डेक्स लस एन्ड ड्यामेजको प्रतिवेदन स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया